Progress Report

Siuri Nyadi Power Ltd.

सुपर न्यादी जलबिधुत आयोजना (४०.२७ मे.वा.)
लमजुङ, नेपाल
प्रगति प्रतिवेदन
चैत्र २०७७

आयोजना परिचय

नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लाको मर्स्याङ्दी गाँउपालिकामा निर्माण हुन लागेको ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलबिधुत आयोजना नेपालको विद्यमान उर्जा संकट निवारण तथा उज्यालो नेपाल अभियानको एउटा सारथी हो । हिमचुली र मनास्लु हिमाल आधारक्षेत्र रहेको न्यादी खोलामा स्वदेशी निजीक्षेत्र बाट बन्न लागेको यस आयोजनाको प्रवर्द्धक सिउरी न्यादी पावर प्रा. लि.रहेको छ । फिदिखोला, हिदिखोला सिउरीखोला लगायतका अन्य खोलाहरु मिसिएका यस न्यादी खोलाको पानीबाट करिब १०० मे.वा. उत्पादन क्षमता बराबरका आयोजनाहरु निर्माणाधीन छन् जसमध्ये सुपर न्यादी जलबिधुत आयोजना सबैभन्दा ठुलो आयोजना हो ।

यस आयोजनासम्म पुग्नको लागि काठमाण्डौंबाट तनहुँ जिल्लाको डुम्रे हुँदै १७८ कि.मि. कालोपत्रे सडक पार गरि लमजुङ जिल्लाको सदरमुकाम बेसिशहर पुग्नुपर्छ। बेसिशहर बाट खुदिबजार, ङादि, ठुलोबेशी हुँदै जम्मा २५ कि.मि. को दुरी पार गरि आयोजनासम्म पुग्न सकिन्छ भने काठमाडौ – पोखरा विमानस्थल हुँदै ६५ कि. मि. कालोपत्रे सडकमार्फत डुम्रे पुगि सडकमार्ग भएर पनि आयोजनामा पुग्न सकिन्छ। ९३.८७ वर्ग कि.मी. क्याचमेण्ट क्षेत्रफल रहेको यस आयोजनाको सबल पक्ष भनेको खोलामा हुने पानीको बहाब हो । मनास्लु र हिमचुली हिमालमा पर्ने हिउँ पानीको मुख्य स्रोत रहेको यस आयोजनाले बार्षिक रुपमा २३५.४४ गीगा वाट आवर अर्थात २३ करोड ५४ लाख युनिट बिधुत उत्पादन गर्दछ ।

प्राविधिक पाटोको कुरा गर्दा यस आयोजनाले समुन्द्रसतह बाट २११३ मि.को उचाईमा बाँध ३ मिटर अग्लो र ३० मिटर लामो वाँध बाँधीप्रति सेकेन्ड ६.८ घन मिटर का दरले न्यादी खोलाको पानीलाई खोलाको दाँया तर्फ रहने ईन्टेकमार्फत बाँधभन्दा केही तल अवस्थित ७५ मिटर लम्वाइ ९ मिटर चौडाइ र ६.७ मिटर उचाईको २ वटा वालुवा थिग्राउने पोखरीमा जम्मा गरि पानीलाइ सफा बनाइनेछ ।

पोखरीको उक्त सफा पानीलाई ३.० मि.x ३.२ मि. साइजको आकारको ७४०० मिटर लामो सुरुङ्गमार्ग हुँदै काफलडाडा भन्ने ठाउमा निर्माण हुने सर्ज ट्याकं सम्म पुर्याइनेछ। सर्ज टेङ्क बाट निस्किएको पानीलाई १.७ देखि १.१ मिटर व्यासको १०७८.८३ मिटर लामो भुमिगत पेनस्टक पाइपमार्फत न्यादीखोलाको दाँया किनारमा समुन्द्रसतह बाट १४१० मि.को उचाईमा निर्माण गारिने भूमिगत विद्युत गृहमा ६९७ मिटरको उचाईवाट पानीखसाली २ वटा पेल्टन ट्रवाईन वाट विद्युत उत्पादन गरिने छ । उक्त उत्पादित जलविद्युत आयोजनाको विद्युत गृह स्थित निर्माण गरिने स्वीचयार्ड हुँदै ११ कि.मि. लामो १३२ के. भी. को ट्रान्समिसन लाईन मार्फत ने. वि. प्रा. द्वारा निर्माणधिन २२० के.भी ट्रान्समिसन लाईनको मर्स्याङ्दी कोरिडोर स्थित तारिकुना सव स्टेशनमा जोडिने छ ।

यो आयोजनाको कुल लागत ७ अर्ब रहेको छ, जसअनुसार आयोजनाको लागत प्रति मेगा वाट १७ करोड ३८ लाख हुन आउदछ । उक्त कुल लागतको ७५ % ले हुनआउने रकम रु ५ अर्ब २५ करोड रकम NMB बैक लि. को अगुवाईमा अन्य ५ वटा बैंक मिलेर ऋृण प्रवाह गर्ने गरी व्यबस्था गरिएको छ । साथै कुल लागतको २५% ले हुन आउने रकम रु.१ अर्ब ७५ करोड संस्थापक शेयर धनीहरुको तर्फवाट लगानी हुनेछ । ६ महिनाको बर्षायाम र ६ महिनाको हिउदको सिजनमा छुट्टाछुटै दररेट कायम गरि नेपाल बिधुत प्राधिकरणसँग बिधुत खरिद - बिक्रि सम्झौता गरेको यस आयोजनाले उत्पादनको पहिलो बर्ष आम्दानी रु १ अर्ब ३९ करोड ६६ लाख अम्दानी गर्नेछ र त्यस पछि नवौ बर्षसम्म बार्षिक ३ प्रतिशतका दरले आम्दानीमा बृद्धि हुनेछ । यो आयोजनाले स्थानिय समुदायलाइ उच्च महत्व दिएकोले आयोजनाको संस्थापक शेयरमा स्थानियबासीहरुको राम्रो लगानी रहने छ । साथै नेपाल सरकारको प्रचलित नियम र कानुनको अधीनमा रहि सर्वसाधारणको लागी शेयर जारी गरिने छ ।

खोलामा चाहिदो मात्रामा पानीको बहाब, निर्माणकार्य गर्नकोलागि मिल्दो भौगोलिक बनावट, संरचनाको अनुकुलतम आकार र अधिकतम बिधुत शक्ति उत्पादन जस्ता सबल पक्ष भएको यस परियोजना प्राविधिक र आर्थिक दुवै हिसावले आकर्षक रहेको छ ।

हाल सम्मको प्रगति विवरण


  • सर्भेक्षण अनुमति पत्र प्राप्त
  • बिधुत कनेक्सन एग्रिमेन्ट (Connection Agreement) भएको
  • वाताबरणीय प्रभाव मुल्याङ्कन स्वीकृत
  • बिधुत खरिद बिक्री सम्झौता सम्पन्न
  • बिधुत उत्पादन अनुमती पत्र प्राप्त
  • ऋण सम्झौता सम्पन्न (एनएमवि बैंक लगायत जम्मा ६ बैंक)
  • प्रसारण लाइनको सर्भेक्षण अनुमति पत्र प्राप्त
  • बन क्षेत्र तथा सरकारी जग्गा प्रयोग गर्ने सम्बन्धि सम्झौता सम्पन्न
  • बिधुत गृहको लागि आवश्यक व्यक्तिगत जग्गा खरिद गरिसकिएको
  • पहुँच मार्गमा बाकि जग्गा आवश्यकता अनुसार खरिद भइरहेको ।
  • आयोजना निर्माणको लागि सम्पूर्ण डिजाइन, नक्सा तथा प्रतिवेदनहरु तयार भइसकेको
  • आयोजनाको पहुंच मार्गको निर्माण कार्य सुचारु रहेको
  • आयोजना निर्माणको लागि ठेकेदार संग संझौता भै द्रुत गतिमा निर्माण कार्य भइरहे को ।
  • नाइचे र दहरेबाट एकैसाथ पहुँच मार्गको काम भइरहेको ।
  • नेपाली सेनासंग संझौता गरि आवश्यक विस्फोटक पदार्थको व्यवस्थापन गरि दहरे माथि विस्फोटन गरि अडिट १ र अडिट २ सम्मको पहुँच मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको ।
  • Transmission Line को वाताबरणीय प्रभाव मुल्याङ्कन कार्य सुचारू रहेको ।

पहुंच मार्ग निर्माण चरणका केहि तस्बिरहरु


बिधुत गृहको लागि पहुंच मार्ग (बि.पि.सि. न्यादिको बांधस्थल नजिक)

अडिट तथा बांधस्थलको लागि पहुंच मार्ग

अडिट तथा बांधस्थलको लागि पहुंच मार्ग

अडिट तथा बांधस्थलको लागि पहुंच मार्ग

विष्फोटक पदार्थ प्रयोग गरि बाटो खन्ने काम भइरहेको

सर्भेको काम भइरहेको

कर्मचारी क्याम्प तथा साइट अफिस भवन निर्माण सम्पन्न भैसकेको ।

२ वटा नया Excavator खोलेर हेलिकप्टरबाट दहरे लान तयारी गरिंदै

२ वटा नया Excavator खोलेर हेलिकप्टरबाट दहरे लान तयारी अवस्थामा

हेलिकप्टरबाट दहरे लगिएको Excavator फिटिङ हुँदै